भान्सादेखि बेडरुमसम्मका विभिन्न सामग्रीहरु नयाँ डिजाइन आउने क्रम जारी रहन्छ। यस्ता सामग्रीहरु एकपटक किनेपछि लामो समय टिक्छन्। त्यसैले नयाँ डिजाइन र आइटमहरु केके आएका छन् भनेर सबैलाई जानकारी नहुनसक्छ।
जानकारी नभएरै नयाँ डिजाइनबाट टाढा रहने सम्भावना भने छैन। काठमाडौंको भृकुटी मण्डमा जारी फर्निचर एक्स्पोमा यस्ता धेरै सामग्रीहरुको जानकारी पाउन सकिन्छ।
आइतबारसम्म चल्ने उक्त एक्स्पोमा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री रहेका छन्। त्यस्तै कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन पनि रहेका छन्।
एक्स्पोका संयोजक मनीष अग्रवालका अनुसार शुक्रबार बेलुकासम्ममा ४० हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका छन् । एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय २० भन्दा बढी प्रदर्शकहरुको सहभागिता रहेको छ ।
शुक्रबारसम्म ४० हजारले अवलोकन गरेको अग्रवालले जानकारी दिए।