नेपाल–चीनबीच व्यापार सहजीकरणका लागि स्थायी संयन्त्र बनाउने सहमति भएको छ। संयत्रमा दुवै देशका वाणिज्य सचिव संयोजक रहने गरि सहमति भएको हो।
राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा दुई देशको व्यापार सहजीकरणका लागि संयन्त्र बनाउने सहमति भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ।
दुई देशको व्यापारमा देखिएका समस्याको समाधान र व्यापार सहजीकरणका लागि यस संयन्त्रले काम गर्ने वाणिज्य सचिव बैकुण्ठ अर्यालले बताए।
हालसम्म दुई देशबीच व्यापार सहजीकरणका लागि स्थायी संयन्त्र बन्न सकेको थिएन। संयन्त्र नहुँदा वस्तु तथा सेवा व्यापार आयात रनिर्यातमा कठिनाई हुँदा समाधानका लागि पहल गर्न सकिएको थिएन।