पशु आहाराको बढ्दो मागलाई लक्षित गरी नवलपुरका एक किसानले व्यवसायिक घांँस खेती शुरु गरेका छन्। विगत एकबर्षदेखि स्थानीय युवा विष्णु भट्टले ८ विघा क्षेत्रफलमा ‘सुपर नेपियर’ जातको उन्नत घांँसखेती शुरु गरेका हुन्।
गैडाकोट नगरपालिका वडा नम्बर १२ का किसान भट्टले संस्थागत रुपमा ५० लाख लगानी गरी व्यवसायिक घाँसखेती शुरु गरी बिक्री वितरण गर्दै आएका छन्।
देशमा बढ्दो आयात भएको दाना र खाद्यान्नलाई प्रतिस्थापन गर्ने उद्देश्यले उनले नेपियर जातको घांँसखेती शुरु गरेको बताए।
‘पशुपालन गर्न एक त दानाको मुल्य दिनानुदिन बढ्दै गएको छ, उनले भने यसको विकल्पको रुपमा यो जातको घांँस खेती गरेको हुंँ’, उनले भने, ‘यो घाँसले पशुको सम्पुर्ण पौष्टिक तत्व र दूध एवं मासुको उत्पादन तुलनात्मक बढ्छ।
२ विघा क्षेत्रफलबाट शुरु गरिएको घाँस खेतीलाई विस्तार गरी ८ विघा क्षेत्रफलमा पुर्याएको उनी बताउँछन्। भविष्यमा यस जातको घांँसलाई विस्तार गर्दै देशभर बिक्री वितरण गर्ने लक्ष्य रहेको उनले बताए।
मासु तथा दूध उत्पादनको लागि कम लागत पर्ने हुनाले सरकारले यस्ता खेतीमा कृषकको आकर्षण बढाउन जरुरी रहेको उनको भनाइ छ।
कम लगानीमा उच्च प्रतिफल दिने र उत्पादन बढाउनका लागि कृषकहरुको माग बढ्दै गएको उनको भनाई छ। जुनसुकै हावापानी र माटोमा हुर्कने सक्ने यो घाँस सिमीत जग्गामा बढी उत्पादन दिनसक्ने उनले बताए।
‘यो घाँस अन्य जातको घाँस भन्दा फरक छ, उनले भने, जुनसुकै भौगोलिक क्षेत्र र हावापानीमा हुर्कन्छ’। हालसम्म उनले ३० लाख बराबरको घाँस र बेर्ना बिक्री गरेको जानकारी दिए।
श्री स्वस्थानी घाँस श्रोत केन्द्र्र तथा बाख्रा फार्ममा यस बाहेक उनले २३ जातको घांँस खेती लगाएका छन्। उनको फार्ममा यो संँगै ६० वटा उन्नत तथा स्थानीय जातका बाख्रा , १० कट्टा क्षेत्रफलमा गिठ्ठा समेत लगाएका छन्।
हाल यस श्रोत केन्द्रमा बाह्रमासे हुने सबै जातको गरी ४ करोड बराबरको घांँस उत्पादन भएको केन्द्रले जनाएको छ। केन्द्रले कृषकहरुको माग अनुसार बेर्ना र घाँस उत्पादन गर्दै आएको छ।
संघ तथा स्थानीय सरकारले पनि कृषिलाई व्यवसायिककरण गर्न र देश दुध र मासुमा आत्मनिर्भर बन्न कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको छ।
बढ्दो शहरीकरण र जग्गा खण्डीकरणबाट चरनक्षेत्र खुम्चिन गई पशुआहाराको अभाव हुन नदिन पनि व्यवसायिक घाँस खेती आवश्यक पर्ने उनी बताउँछन्।
गंैडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले यसबर्ष कृषिक्षेत्रको प्रर्वद्धनको लागि ८० लाख बजेट छुटयाइएको बताए।
देशमै यस क्षेत्रलाई नमुना उन्नत जातको घाँस स्रोत केन्द्र बनाएर आवश्यक सहयोग गरिने उनले बताए।