हिमालय एयरलायन्सले कात्तिक १० गतेदेखि चीनको राजधानी बेइजिङ उडान सुरु गर्ने भएको छ।
एयरलाइन्सले चीनको राजधानीमा अघिल्लो महिनामात्र निर्माण सम्पन्न भएको डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने तयारी गरेको हो।
एयरलाइन्सले पहिलो उडानका लागि बुकिङ पनि लिन थालिसकेको छ। एयरलाइन्सका अनुसार पहिलो उडान अहिले भएकै एयरबसको ए३२० सिरिजकै जहाजबाट उडान हुने छ।
एयरलाइन्सले काठमाडौं-बेइजिङ रुटमा हप्तामा ३ उडान गर्ने भएको छ।
हिमालयले बेइजिङसँगै सन् २०१९ भित्रै चीनका अन्य तीन सहरमा उडान गर्ने बताएको छ। एयरलाइन्सका अनुसार चीनको गुयाङ, चाङ्सा र नाङचिङमा हप्ताको एक उडान गर्ने तयारी गरेको छ। एयरलाइन्सले बेइजिङ बाहेका यी सहरमा नोभेम्बरभित्रै उडान सुरु गर्ने बताएको छ।