चिनियाँ जाइन्ट इकमर्सले आज सबभन्दा ठूलो एक दिनको ‘सेल डे ११ः११’ मनाइरहेको छ। त्यसको पहिलो १५ घण्टामा ३३ खर्ब २८ अर्ब (२९.२ विलियन डलर) व्यापार गरेको छ।
अलिबाबाले एक दिनको सेल डे सुरु गरेको पहिलो १ मिनेट ८ सेकेन्डमा १ अर्ब डलरको कारोबार गरेको थियो।
पहिलो ३० मिनेटमा उसको कारोबार १० अर्ब डलर नाघेको थियो।
अलिबाबाले सन् २००९ देखि प्रत्येक नोभेम्बर ११ लाई एक दिनको सेल डेको रुपमा मनाउँदै आएको छ।
नेपालमा सन् २०१८ मेमा अलिबाबाले दराजको स्वामित्व लिएको थियो।
त्यसपछि नेपालमा पनि हरेक नोभेम्बर ११ लाई एक दिनको सेल डेको रुपमा मनाइरहेको छ।
सोमबार नेपालमा मनाइएको दोस्रो सेल डे हो।
अहिलेसम्म एक दिनमा सबैभन्दा बढी कारोबार भएको विश्व रेकर्ड अलिबाबासँग छ।
गत वर्ष अलिबाबाले ३०.८ विलियन डलर कमाएको थियो। त्यो अहिलेसम्मकै सबैभन्दा बढी कारोबार भएको दिन हो।
अहिले अलिबाबाले जापान, अमेरिका, दक्षिण कोरिया, अस्ट्रेलिया, जर्मनी, ब्रिटेन र फ्रान्सलगायत ७८ वटा देशमा सामान बेचिरहेको छ। अलिबाबाकाअनुसार ५ लाख ४४ हजार अर्डर प्रतिसेकेन्डका डरले अर्डर आइरहेको छ।