एउटै उडानमा १४५ देशका यात्रु बोकेर इमिरेट्स एयरलाइन्सले गुनिस बकुमा विश्व रेकर्ड दर्ता गराएको छ।
'मोस्ट नेशनालिटिज अन एरोप्लेन' शिर्षकमा एयरलाइन्सले उक्त रेकर्ड बनाएको दाबी गरेको छ।
५४० यात्रु भएको उक्त उडान एयरबसको ए३८० जहाजबाट गरिएको थियो। ४८ औं युएइ नेशनल डे को अवसरमा विभिन्न धर्म तथा समुदायका यात्रुहरु रहेको एयरलाइन्सले बताएको छ।
दुबई इन्टरनेशनल विमानस्थलबाट उडेर साढे एक घण्टा आकाशमै घुमेको थियो। उक्त जहाज फेरि दुबईमै अवतरण गरेको थियो।
उडानमा १८ देशका उडान दलका सदस्य भएको एयरलाइन्सले जानकारी दिएको छ।