तिब्बतको छ्याङले नेपाली बजारमा प्रवेश गरेको छ। छ्याङ पारखीहरुकोे चाहनालाई मध्यनजर गर्दै आकर्ष गु्रपले नेपाली बजारमा ल्याएको हो।
तारागोब तिबेत छ्याङ्ग कम्पनीले उत्पादन गरेको जौंको बार्ली छ्याङ बजारमा भित्रिएको छ।
तिब्बतको ३५ सय मिटरभन्दा बढी उचाईमा खेतीभएको शुद्ध जौंबाट उत्पादन गरिएको बार्ली छ्याङ्ग नेपाली उपभोक्ताको स्वाद अनुरूपको रहेको कम्पनीले बताएको छ।
३५० एमएलको क्यानमा पाईने यो १.५ प्रतिशत अल्कोहल रहेको छयाङ्गको १ सय २५ रुपैयाँ र १० प्रतिशत अल्कोहल रहेको छ्याङ्गको २ सय २५ रुपैयाँमा तोकिएको छ।
राजधानी र नेपालका प्रमुख शहरहरुमा यसै महिनादेखि बिक्रीबितरण सुरु हुने भएपनि नेपाल भरी भने केहि समयमा सुरु हुने गु्रपले जानकारी दिएको छ।