के तपाईं सडक छेउमा बसेर ट्याक्सी पखर्नु परेर हैरान हुनु भएको छ? कि भाडामा गर्नुपर्ने बार्गेनिङले वाक्क हुनुहुन्छ?
यी हैरानीबाट मुक्ति दिन ट्याक्सीमाण्डु सर्भिस प्रालि ‘ट्याक्सीमाण्डु एप’ सार्वजनिक गरेको छ।
यो एपले ट्याक्सी चालक र यात्रुबीच समन्वय गरेर सेवा दिने कम्पनीले जनाएको छ।
एपमार्फत ट्याक्सी बुकिङ गर्दा यातायात व्यवस्था विभागले तोकेको शुल्कभन्दा दूरी हेरेर १० देखि १२ प्रतिशत अतिरिक्त शुल्क लाग्ने ट्याक्सीमाण्डु सर्भिस प्रालिका प्रबन्ध निर्देशक अर्जुन केसीले जानकारी दिए।
ट्याक्सी चालक र यात्रुको नागरिकता, लाइसेन्स र फोन नम्बर कम्पनीमा रजिष्टर हुने भएकोले चालक र यात्रु दुबैलाई कुनै प्रकारको जोखिम नहुने कम्पनीले जनाएको छ।
एपमा आवद्ध हुने चालकलाई ह्याम्स हस्पिटलमा उपचार गराउदा १० प्रतिशत छुट र औषधीमा ५ प्रतिशत छुट पाउने छन्। त्यस्तै यात्रुले इसेवाबाट रकम भुक्तान गर्दा ५ प्रतिशत क्यास ब्याक पाउनेछन्।
ट्याक्सीमाण्डुमा हालसम्म १ हजार २ सय ट्याक्सी आवद्ध भइसकेको केसीले दाबी गरे।