ब्रुअरी प्रा. लि.ले आफ्नो नयाँ उत्पादन ‘अर्ना एट’ नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीका अनुसार ‘अर्ना एट’ नेपाली बजारमा भएका वियर मध्ये ८ प्रतिशत ‘अल्कोहल’ भएको ‘स्ट्रङ’ वियर हो।
‘स्ट्रङ’ वियरको बढ्दो मागलाई विचार गरी उत्पादन थालिएको ‘द स्ट्रङगेस्ट वियर’– ‘अर्ना एट ३३० मि.लि र ६५० मि.लि दुवै बोतलहरुमा उपलब्ध छ। ग्राहकहरुको सहजतालाई मध्यनजर गरी यीदुवै बोतलहरुमा ‘पूलअफक्याप’ राखिएको छ जसका कारण यसलाई खोल्न ‘ओपनर’ आवश्यक पर्दैन।
सीधै बोतलबाट पिउन सजिलो र छुट्टै ग्लास आवश्यक नपर्ने भएका कारण ३३० मि.लिको ‘अर्ना एट’ विशेषगरी युवा वर्गमाझ चाँडै लोकप्रिय हुने कम्पनीको विश्वास छ।
चित्तवनको चैनपुरस्थित अन्तर्राष्ट्रियस्तरको वियर प्लान्टबाट उत्पादित ‘अर्ना एट’ ३३० मि.लिको बजार मूल्य रु १४० र ६५० मि.लिको मूल्य रु २७५ मात्र रहेको छ।
३३०मि.लिको ‘अर्ना एट’ एक कार्टुनमा २४ बोतल हुन्छ भने ६५० मि.लिको एक कार्टुनमा १२ बोतल रहेको छ।
स्वाद, गुणस्तर, प्याकेजिङ र मूल्यलगायत सबै दृष्टिकोणबाट ‘अर्ना एट’ उच्चस्तरीय छ। वियरपारखीहरुको फरक–फरक रोजाइएवं स्वादअनुरुप अर्ना ब्रान्ड अन्तर्गत ‘अर्ना एट’ सँगसँगै ‘अर्ना लाइट’, ‘अर्ना प्रिमियम’ र ‘अर्ना स्ट्रङ’ पनि बजारमा उपलब्ध छन्।