नेपाल जग्गा तथा आवास विकास संघ अध्यक्ष मिनमान श्रेष्ठले जग्गा तथा आवास व्यवसायमा सुधार ल्याउन ५ वटा माग अघि सारेका छन् ।
मेरियट होटलमा भएको संघको १३ औं साधारण सभामा संघका अध्यक्ष श्रेष्ठले विदेशीलाई पनि अपार्टमेन्ट विक्री गर्न दिनुपर्ने माग सरकार समक्ष राखेका छन् । नेपालमा आएका विदेशीहरुलाई अहिले अपार्टमेन्ट तथा हाउजिङ्ग किन्ने सुविधा छैन ।
यसका साथै श्रेष्ठले जग्गा तथा आवास व्यवसायलाई दिगो रुपमा प्रबर्द्धन गर्न घर जग्गा कारोबार सम्बन्धि छुट्टै ऐन आवश्यक भएको बताएका छन् । एकिकृत सहरी विकास ऐन पनि उत्तिकै आवश्यक भएको उनले बताए।
रियल स्टेटलाई पनि अन्य उद्योग सरह सरकारले सुविधा दिनुपर्ने उनको माग छ।
संघका महाससचिव भेषराज लोहनीले कार्यप्रगति सुनाएका थिए। उनले विभिन्न समस्याका बाबजुत पनि जग्गा तथा आवास व्यवसाय टिकिरहेकोमा आफू खुसी भएको बताए। सभाले आगामी फागुन १९ गतेदेखि २५ गतसम्म काठमाडौंमा प्रोर्पटी एक्स्पो गर्ने निर्णय गरेको छ।