चन्द्रागिरी हिल्स लिमिटेडद्वारा संचालित चन्द्रागिरी केवलकारमा आफ्नो जन्मदिनको अवसरमा सेवा लिने आन्तरिक तथा बाह्य पर्यटकलाई निःशुल्क गर्ने व्यवस्था गरिएको छ।
चन्द्रागिरी भ्रमण गर्ने पर्यटकको जन्मदिन विशेष बनाउने उद्देश्यले यो योजना ल्याइएको हो।
यो योजना अन्र्तगतको सेवा लिन पर्यटकले जन्मदिन खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनुपर्ने बताइएको छ।