चीनको वुहना सहरबाट सुरु भएको नोवेल कोरोना भाइरसबाट २ सय १३ भन्दा बढीले ज्यान गुमाइसकेका छन्। साथै १० हजार भन्दा बढीलाई यसको संक्रमण भएको पुष्टि भएको छ। कोरोना भाइरस विश्वको १८ भन्दा बढी देशमा फैलिएको छ।
चीनबाट सुरु भएको भाइरसको संक्रमण अन्य देशमा हवाईमार्ग हुँदै पुगेका यात्रुबाट सरेको बताउँदै विश्वका विभिन्न एयरलाईन्सहरुले चीनको मूख्य क्षेत्रमा हुने उडानहरु रद्द गर्ने जनाएका छन्।
अमेरिकासँगै एयर फ्रान्स, केएलएम एसए, ब्रिटिश एयरवेज, जर्मनी लुथान्सा र भर्जिन एटलान्टिक लगायतले चीनमा उडान बन्द गरिसकेको बताएका छन्।
थाइ एयरवेजले भने आफ्नो यात्रुलाई सुरक्षीत रहन सुझाएको छ। चालक दलका सदस्यलाई माक्स र पन्जा लगाउन निर्देशन दिइएको छ।
यससँगै एशियन एयरलाइन्सहरुले पनि चिनियाँ उडान स्वाट्टै घटाएका छन्।
भाइरसकै कारण ब्रिटिस एयरवेजले बेइजिङ र सांघाइमा भएको सबै उडान आउँदो शुक्रबारसम्मको लागि बन्द रहेको जनाएको छ।
सो एयरलाईन्सले हङकङको उडान भने जारी राख्ने प्रष्ट पारेको छ। यस्तै, केएलएमले पनि फ्रेबु्रअरी ९ सम्मको लागि बेइजिङ र सांघाइ लगायत सबै उडान बन्द गरेको छ।
लुथान्सा ग्रुपले चीनको मूख्य क्षेत्रमा फेब्रअरी ९ सम्म सबै उडान बन्द रहने बताएको छ।
यस्तै, एयर क्यानडाको चीनमा हुने सिधा उडान बन्द छ। बिहीबारदेखि फेब्रअरी २९ सम्मको लागि उनीहरुले बेइजिङ र सांघाइका उडान बन्द गरेको हो।
क्याथे प्यासिफिकले मंगलबार जनवरी ३० देखि मार्चको अन्तसम्ममा ५० प्रतिशतले उडन घट्ने जानकारी दिएको छ। डेल्टाले जनवरी २४ देखि अप्रिल ३० सम्मको लागि यात्रा नगर्ने जनाएको छ।
एयर इन्डियाले जनवरी ३१ देखि फरबरी १४ सम्मको लागि सबै उडान बन्द गरेको छ। तीन दिनमा नयाँ दिल्लीदेखि हङकङको लागि बढीमा ७ उडान गर्ने बताएको छ।
अमेरिकाले भने आफ्ना नागरिकलाई चीनको भ्रमण नगर्न भनेको छ। उसले इराक र अफगानस्थानमा जस्तै आफ्ना नागरिकलाई चीन नजान चेतावनी दिएको हो।
अमेरिकन एयरलाईन्सहरुले पनि चीनमा हुने उडानहरु कम गर्दै गएका छन्। जानकारहरुकाअनुसार ह्वाइट हाउसले यस विषयमा अन्य निर्णय लिन सक्नेछ। तर अहिलेसम्म कुनै आधिकारीक जानकारी दिइएको छैन।
अमेरिकाको लसएन्जलसदेखि बोइजिङ तथा सांघाइको हवाई उडान बन्द भएपनि डालसबाट भने उडान चालिरहेको छ।
अमेरिकाले बुधबार चीनमा हुने ३ सय ३२ उडान बन्द गरेको बताएको छ। उसले फेब्रुअरीदेखि मार्च २८ सम्मको उडान बन्द गरेको भएपनि बोइजिङ, सांघाई तथा हङकङमा उडान जारी रहने बताएको छ।