राजधानीको भृकुटी मण्डपमा छैठौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पो हुने भएको छ। उक्त एक्स्पो मिडिया स्पेस सोलुसन्स र फर्निचर ट्रेड एण्ड फेयरले संयुक्तरुपमा आयोजना गरेको हो।
एक्स्पोमा विभिन्न देशका ३ सयभन्दा बढी ब्राण्डका २ सयभन्दा बढी स्टल रहने छन्। एक्स्पोमा निर्माणसँग सम्बन्धित सामाग्रीहरूको प्रदर्शनी गरिने छ।
एक्स्पोमा उत्पादनहरुको बारेमा र यस क्षेत्रमा आउने नयाँ–नयाँप्रविधिको बारेमा जानकारी गराइने छ।
एक्स्पोमा कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले निर्माण ब्यबसायसंग सम्बन्धित व्यक्तिहरूको सहभागि हुने छ।
उक्त एक्स्पो माघ २४, २५ र २६ गते तीन दिनसम्म चल्ने आयोजकले जनाएको छ।