नेपाल व्यवस्थापन संघले आइएमर्इका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललाई वर्षकै उत्कृष्ट म्यानेजर अवार्ड प्रदान गरेको छ।
वर्षभर संस्थाको नेतृत्व गर्दा देखाएको कौशलता, परिणामका आधारबाट अवार्ड दिइएको संघले जानकारी दिएको छ।
यो अवार्डबाट आफूलाई काम गर्ने उत्प्रेरणा थपिएको पोखरेलले बताए। अवार्ड ग्रहणपछि बोल्दै यो सम्मान समग्र युवा व्यवस्थापकका लागि पनि उत्प्रेरक भएको उनले बताए।
प्रत्येक वर्ष सरकारी तथा गैरसरकारी क्षेत्रका व्यवस्थापकलाई सम्मान गर्दै आएको संघले होटल द्वारिकाजकी अध्यक्ष अम्बिका श्रेष्ठलाई पनि सम्मान गरेको छ।
त्यस्तै संघले सरकारी सेवातर्फको उत्कृष्ट अवार्ड अर्थसचिव डा राजन खनाललाई दिएको छ।
राजधानीमा जारी संघको ३८ औं साधारणसभामा प्रधान मन्त्री केपी शर्मा ओलीले सम्मान गरेका थिए।