नेपालका समग्र वित्तीय विश्लेषकहरुको संस्था ‘एसोसियसन अफ इन्भेष्टमेन्ट प्रोफेसनल नेपाल’ स्थापना भएको छ। सो संस्थाको औपचारिक उद्घाटन भने आगामी शुक्रबार मात्रै हुने भएको छ।
एसोसिएसनमा क्रियाशील चार्टर फाइनान्सियल एनालिष्ट, स्वदेशी तथा विदेशी विज्ञहरु, अध्ययरत विद्यार्थीहरु, सम्बद्ध नियामक निकायहरु धितोपत्र बोर्ड, बीमा, बैकिङ, मर्चेण्ट बैकिङ क्षेत्रका प्रतिनीधिहरुको सहभागिता रहनेछ।
नेपालमा समग्र सामाजिक हितको लगानी र पुँजी बजारमा नैतिक व्यावसायिकताको अध्ययन तथा अनुसन्धान गर्ने उद्देश्यले एसोसिएसन संचालनमा ल्याइएको अध्यक्ष डा. मनोज शाहीले बताए।
हाल यसमा सीएफए पूरा गरेका एनालिष्टहरु १२ जना मात्र छन् भने ३१७ विद्यार्थी अध्ययरत छन्। एशोसियसनका अनुसार, यो पहिलो एडभोकेसी कमिटी हो। जसले कानुन नीति नियम तर्जुमा गर्न सरोकारवालासँग छलफल गरेर नीति निर्माणकर्तालाई सुझाव दिनेछ।