काठमाडौंमा रहेको राहदानी विभागले कार्यालय समय १ घण्टा बढाएको छ।
विभागले सेवाको गुणस्तर र ग्राहकको चापलाई ध्यान दिँदै कामको प्रभावकारिता बढाउन कार्यालय समय थप गरिएको बताएको छ।
सधैं १० बजे खुलेर ५ बजे बन्द हुने कार्यालय आज चैत १ देखि ९ बजे खुलेर ५ बजे बन्द हुने भएको छ।
आइतबारदेखि बिहिबारसम्म ९ बजेदेखि ५ बजेसम्म चल्ने कार्यालयमा शुक्रबार भने ३ बजेसम्म काम हुनेछ।
सेवा समय विस्तार भएको पहिलो दिनदेखि नै राहदानीसम्बन्धी सबै प्रकारका सेवा लिन सक्ने विभागका महानिर्देशक रामकाजी खड्काले जानकारी दिए।
थपिएको समयले सेवाग्राहीले छिटो छरितो सेवा र गुणस्तरीय सेवा पाउने महानिर्देशक खड्काले विश्वाश व्यक्त गरे।
यस्तै विभागले राहदानीबाहकलाई राहदानको प्रयोगमा सजगता अपनाउन पनि अनुरोध गरेको छ।
राहदानी पट्याउने केरमेट गर्नाले अवैध हुन सक्ने भन्दै प्रयोगमा सावधानी अपनाउन अनुरोध गरेको छ।
नेपाल सरकारले जिल्ला प्रशासन कार्यालयहरु,राहदानी बिभाग र विदेश स्थित कुटनीतिक नियोगहरूबाट राहदानी वितरण गर्दै आएको छ ।