नेपाल एयरलाइन्सको दुबई उडान रद्ध भएको बारे छानविन गर्न बनेको समितिले उक्त प्रकरणमा विमानस्थलमा रहेका हवाई यातायात नियन्त्रक(एटिससी)लाई मुख्य दोषी बनाइएपछि उनीहरुको संस्थाले त्यसमा प्रश्न उठाएको छ।
देशभरका एटिसी पेसामा संलग्न सदस्य रहेको पेशागत संगठन नेपाल हवाई यातायात नियन्त्रक संघ(नाट्का)ले चैत १९ मा नेपाल एयरलाइन्सको उडान स्थगनमा एटिसीलाई मुख्य दोषी देखाइएको सम्बन्धमा असुन्तुष्टि जनाएको हो।
एटिसीहरुले विशेषगरी विमानस्थल प्रशासनको माथिल्लो निकायको आदेश वा निर्देशअनुसारमात्र काम गर्ने भएकालेले आदेश दिनेलाई कुनै पनि केरकार नगरी एटिसीलाईमात्र विभागीय कारबाहीको सिफारिस न्यायसंगत नभउको संघको भनाइ रहेको छ।
हचुवको भरमा उडान नियन्त्रणजस्तो संवेदनशिल पेसामा रहेका देशभरका एटिसीहरुको मनोबलम ागिरावट आउने भएकोले सरोकारवालाहरुलाई कुनै पनि निष्कर्षमा पुग्नुअघि गम्भिर हुन ध्यानाकर्षण पनि संघले गराएको छ।
सँधै कुल हुनुपर्ने एटिसीहरुलाई हचुवाकै भरमा लान्छाना लगाउने कामले राम्रो नगर्ने चेतावनी दिंदै संघले समितिको सिफारिस सच्याउन पनि माग गरेको छ।