नयाँ बानेश्वरमा रहेको युनिग्लोव कलेजमा ‘जब प्लेसमेन्ट’ मेला सम्मन्न भएको छ।
कार्यक्रममा व्यवस्थापन संकायका एमविए र एमविए(फाइनान्स) कार्यक्रम उत्तिर्ण छात्र छात्राहरु गरी १०० जनाको सहभागिता रह्यो।
कार्यक्रममा चौधरी ग्रुप, पञ्चकन्या ग्रुप, गोर्खा ब्रुअरी, भिभो मोवाइल, वरुण वेभेरेज(पेप्सी), एपिवान टेलिभिजन, कान्तिपुर मिडिया ग्रुप, आइएमइ, अटोमोटिम्स, मेरो जव लगाएत १८ वटा विभिन्न क्षेत्रका कम्पनीहरुको उपस्थिति थियो।
कार्यक्रमको उद्घाटनमा मेरोजवका प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरिले यस्ता कार्यक्रमले विद्यार्थीहरुको भविष्य उज्वल बनाउने बताउँदै युनिग्लोव कलेजका विद्यार्थीहरुको गुणस्तर र क्षमता राम्रो रहेको बताए।
उक्त कार्यक्रम अगाडी विद्यार्थीहरुलाई आफ्नो ‘रिजुमी’, अन्तरवार्ता, सामुहिक छलफल एवं व्यक्तित्व विकास सम्बन्धि ६ दिने तालिमको पनि व्यवस्था गरिएको थियो।
कलेजका प्रवन्ध निर्देशक डा.नरबहादुर विष्टले युनिग्लोव कलेजबाट अध्ययनपछि विद्यार्थीहरुले तीन महिना भित्रमा आफूले रोजेको स्थानमा रोजगार प्राप्त गर्दैआएको दाबी गरे।‘ग्राजुएट’ विद्यार्थीहरु मध्ये कम्तीमा दश प्रतिशतले आफ्नै व्यापार, व्यवसाय सुरु गर्ने गरेको बताए।