मल्टी ब्राण्ड इलेक्ट्रोनिक रिटेल चेन स्वीच अनले जेठ १ गतेदेखि ३ गतेसम्म ‘फ्रन्चाईज मिट’ गरेको छ।
सामसुङ, हिमस्टार, बजाज, अहुजा, टाईमेक्स, ओस्राम जस्ता ब्राण्डहरु रहेको स्वीच अन इलेक्ट्रोनिक आवश्यकतालाई पूरा गर्ने वान स्टप सोलुसन भएको कम्पनीको दाबी छ।
कम्पनीका अनुसार देशभरका फ्रन्चाईजी पार्टनरहरुले स्वीच अनको तीन दिने सम्मेलनमा उत्साहपूर्ण सहभागिता जनाएका छन्। उनीहरुलाई उच्च प्रदर्शन गर्न एवं ग्राहकहरुको अनुभव बढाउँन उत्पादन, सफ्ट स्कील तथा अकाउन्ट लगायतमा प्रशिक्षण दिइएको छ । यस फ्रन्चाईज मिटले फ्रन्चाईजी पार्टनरहरुलाई प्रतिस्पर्धात्मक लाभहरु लिन मद्दत पुग्ने छ ।
फ्रन्चाईज मिटमा सम्बोधन गर्दै स्वीच अनकी म्यानेजिङ डाइरेक्टर शिमा गोल्छाले स्वीच अनले साना खुद्रा वित्र्रmेताहरुलाई प्रवद्र्धन गरेर स्वदेशी तथा विदेशी ब्राण्डको हिस्सा बन्न अवसर प्रदान गर्ने बताए।
म्यानेजर माधब मल्लले स्वीच अन सदैव ग्राहकहरुको सन्तुष्टिलाई मध्यनजर गर्दै उनीहरुलाई अन्तर्राष्ट्रिय गुणस्तर तथा विश्वका उत्कृष्ट उत्पादनहरु सुपथ मुल्यमा प्रदान गर्न केन्द्रित रहेको बताए।
स्वीच अनका देशभर २२ वटा फ्रन्चाईज पार्टनरहरु रहेका छन् जसमार्फत टिभी, रेफ्रिजेरेटर, वासिंग मेसिन, कुलर, एलईडी लाईट, स्पीकर, घडी जस्ता घरयासी सामग्रहरु बिक्री बितरण गर्दै आईरहेको छ ।