चालु आर्थिक वर्ष भन्सार मूल्यांकनमा गरिएको नीतिगत परिवर्तनका कारण तस्करी बढेको भन्दै अर्थमन्त्रालयलको आर्थिक वर्षको अन्तिममा आएर अनुगमन समिति बनाएको छ।
मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखा प्रमुखको नेतृत्वमा बनाइएको उक्त समितिले भारतबाट हुनसक्ने तस्करीलाई अनुगमन गर्ने बताइएको छ।
भन्सार मूल्यांकन तथा दरमा हेरफेर गरिएको सन्दर्भमा तस्करी बढेको भन्दै लक्ष्यअनुसारको राजस्व संकलन गर्न उक्त समितिलाई परिचालन गरिने छ।
चालु वर्ष सरकारले लिएको लक्ष्यअनुसार राजस्व संकलन भएको छैन। लक्ष्यको तुलनामा १ खर्ब कम राजस्व संकलन भएको छ।
गत वर्षको तुलनामा ३३ प्रतिशतले बढी राजस्व उठाउने लक्ष्य लिएको सरकारले यो वर्षको १० महिनासम्म २० प्रतिशतले बढीमात्र संकलन गर्न सफल भएको छ।
भन्सारमा डाइ गरेपछि खुल्ला सिमा नाको फाइदा उठाउँदै तस्करी भइरहेको आशंका गरेको मन्त्रालयले त्यसको अनुमगन गर्न समिति बनाएको हो।