पछिल्लो समय विमानस्थल भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व संकलन गरिरहेको थियो। चालु वर्षको पहिलो तीन महिना लक्ष्यअनुसार नै राजस्व संकलन गरेको भन्सारले त्यसपछिका लगातार चार महिना लक्ष्यभन्दा न्यून राजस्व संकलन गरेको छ।
समग्र राजस्व असुलीमै कमी आएको समयमा विमानस्थल कार्यालयमा भने निश्चित क्षेत्रको व्यापार नबढ्दा राजस्व प्रभावित भएको पाइएको छ।
दूरसञ्चारका नेटवर्किङ तथा अन्य पूर्वाधार समान विमानस्थल भन्सार भएर आउने गर्छ। जुन पछिल्लो समय आधाभन्दा बढीले घटेको छ। यही कारण विमानस्थलको राजस्व संकलनको लक्ष्य प्रभावित भएको छ। यो वर्ष यस्ता सामानको
कार्यालय प्रमुख गजेन्द्र ठाकुरका अनुसार यो वर्षका लागि विमानस्थल भन्सारलाई २३ अर्ब ६८ करोड राजस्व उठाउने लक्ष्य निर्धारण गरिएको छ। वैशाख अन्त्इसम्म कार्यालयले लक्ष्यको तुलनामा ८५ प्रतिशतमात्र राजस्व उठाउन सफल भएको छ।
पछिल्लो समय विमानस्थल १० घण्टा मर्मत भएपछि जहाजबाट कार्गो आपूर्तिमै कमी आएकाले झन प्रभावित हुने अनुमान कार्यालयको छ।
बैशाख महिनामा भने राजस्व संकलन सुधार भएको कार्यालयले जानकारी दिएको छ। बैशाखमा कार्यालयले लक्ष्यको ९७ प्रतिशत उठाएको छ। जेठ र असारमा गरी लक्ष्यअनुसार नै उठु्नेमा अधिकारीहरु विश्वस्त रहेका छन्।