पोखरा महानगरपालिककाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ५४ लाखको बजेट प्रस्तुत गरेको छ । आज सम्मपन्न पाँचौ नगर सभामा उक्त बजेट सार्वजनिक गरिएको थियो ।
संघिय सरकारबाट ३ अर्ब ३३ करोड, प्रदेश सरकारबाट ४७ करोड ९६ लाख र आन्तरिक आयबाट २ अर्ब ५० करोड र अपुग बजेट वैदेशिक अनुदान तथा ऋणबाट १० करोड र जनसहभागिताबाट ३६ कारोड ५० लाख रुपैया संकलन गर्ने जनाएको छ ।
महानगरले अघिल्लो वर्षको बजेटबाट खर्च हुन बाकि रहेको २२ कारोड पनि आगामि आर्थिक वर्षमा खर्च गर्ने जनाएको छ ।