भरतपुर महानगरपालिककाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि ६ करोड ४५ लाख बजेट बिनियोजन गरेको छ।
महानगरभित्र पर्ने २९ वटै वडाबाट ५,५ लाख गरि १ करोड ४५ लाख महानगरले ५ करोड गरि जम्मा ६ करोड ४५ लाख बजेट बिनियोजन गरेको हो।
महानगरकै महत्वको विषय भएकोले सबै वडाको सहमति गरेर बजेट बिनियोजन गरेको प्रमुख प्रसासकीय अधिकृत नेत्र सुवेदीले जानकारी दिए ।
पैसाको कारण रंगशाला निमार्णको कामका कुनै बाधा नहोस् भनेर बजेट बिनियोजन गरिएको बताए।