विरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ४८ करोड १३ लाख रुपैयाँको बजेट ल्याएको छ। महानगरले आज पेस गरेको बजेटमध्येबाट कूल विनियोजित बजेटको ३०.८५ प्रतिशत अर्थात् १ अर्ब ३८ करोड २४ लाख चाल खर्चका लागि छुट्याएको छ।
त्यस्तै बजेटको ६७ प्ततिशत अर्थात् ३ अर्ब ३ करोड ८९ लाख पुँजीगत खर्चका लागि विनियोजन गरेको छ।
बजेटको ०.५२ प्रतिशत आर्थिक विकासका लागि विनियोजन गरेको महानगरले ६५ प्ततिशत पूर्वाधारका लागि विनियोजन गरेको छ। त्यस्तै सामाजिक विकासका क्षेत्रमा १६ प्रतिशत विनियोजन गरेको छ।
महानगरले सहरी विकास कार्यक्रमकै लागिमात्र आगामी वर्षका लागि २ अर्ब २८ करोड रुपैयाँ विनियोजन गरेको छ। एसियाली विकास बैंकको सहयोगमा सञ्चालित उक्त आयोजनाका लागि महानगरले ठूलो हिस्साको बजेट विनियोजन गरेको हो।
महानगरले बजेटको स्रोतका रुपमा वित्तीय समानिकरण अनुदानबाट ४४ करोड १४ लाख, राजस्व बाँडफाँडबाट २६ करोड ७४ लाख, सशर्त अनुदानबाट ६१ करोड २३ लाख, प्रदेश सरकारको वित्तीय समानिकरणबाट १ करोड १५ लाख, सशर्त अनुदानबाट ३ करोड आउने अपेक्षा गरेको छ।