वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कार्यकारी समिति सदस्यमा पशुपति चौधरी मनोनित भएका छन्।
चौधरी प्रतिष्ठानका हाडजोर्नी विभाग प्रमुख डाक्टर हुन्।
कार्यक्रममा बोल्दै विभागीय प्रमुखको अतिरिक्त डेपुटी अस्पताल निर्देशक, प्रवक्ता लगायत विभिन्न समितिहरुमा कार्य गरिसकेका चौधरीसँग राम्रो प्रशासनिक तथा व्यवस्थापकीय अनुभव रहेको स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बताए ।