आर्थिक वर्षको अन्तिमतिर सरकारी खर्चको ग्राफ सधैं उकालो लाग्छ। जुन यो वर्ष पनि जारी छ। वैशाखसम्म सुस्त रहेको खर्च जेठ लागेपछि उकालो लाग्छ। जुन असारमा झनै तीव्र गतिमा बढ्छ।
असारको अन्तिम दिनमा ढुकुटीबाट हुने खर्चको रफ्तार बढिरहन्छ।
चालु वर्ष सकिन सात दिन बाँकी छ। यो बीचमा गएको सात दिनमा औसत दैनिक ७ अर्ब खर्च भएको छ। वर्षको अन्तितिर आएर खर्च गर्दा एकैपटक पैसा बजार जानेमात्र नभइ खर्चको गुणस्तर र प्रभावकारितामै प्रश्न उठेपनि त्यसको समाधान सरकारले गरेको छैन।
असार १८ गतेसम्म सरकारी ढुकुटीबाट ९ खर्ब ८ अर्ब २३ करोड रुपैयाँ खर्च भएको थियो। जुन असार २४ मा पुग्दा ९ खर्ब ५७ अर्ब ४७ करोड पुगेको छ।
सरकारी खर्च तथा आम्दानीको लेखा राख्ने महालेखा नियन्त्रकको कार्यलयका अनुसार यो बीचमा कर्मचारीको तलब भत्ता सबै क्लियर हुने हुँदा खर्च बढी देखिएको हो।
चालु खर्च एकैपटक हुँदा यस्तो देखिएको हुनसक्ने महालेखा निन्त्रक कार्यालयका प्रवक्ता जगन्नाथ देवकोटाले जानकारी दिए।
यो बीचमा चालु खर्च २० अर्ब ६५ करोड रुपैयाँमात्र भएको छ।
विकास खर्च यही बीचमा २९ अर्ब भएको छ। अघिल्ला २ महिनामा हुन नसकेको खर्च गएको सात दिनमा भएको हो।