कतार एयरवेज र बोइङबीच पाँच बोइङ ७७७ हवाईजहाजको अर्डरका लागि अन्तिम सहमति भएको छ।
यसका लागि कतारका आमिर शेख तमिम बिन हमाद अल–थानी तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकारी अक्बर अल बकर र बोइङ कमर्शियल एयरप्लेन्सका अध्यक्ष केभिन मेकेलिस्टरबीच हस्ताक्षर भएको छ।
अमेरिकाको ह्वाइटहाउसमा यो सम्झौता गरिएको हो।
कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकारी अक्बर अल बकरले पाँच बोइङ ७७७ हवाईजहाजको अर्डरको लागि सहमति गर्नु खुशीको कुरा भएको बताए।
यस सहमतिले बोइङ कमर्शियल एयरप्लेन्ससँगको गहिरो सम्बन्धलाई अझ प्रगाढ बनाउने अधिकारी अक्बर अल बकरले बताए।