यातायात व्यवस्था विभागको महानिर्देशकमा गोगनबहादुर हमाल नियुक्त भएका छन्।
सन् २०१४ देखदि २०१७ सम्म मेकानिकल इन्जिनियरका रुपमा विभागमै कार्यरत हमाल यस अघि सुदुरपश्चिम प्रदेशको सामाजिक विकाश मन्त्रालयको सचिवका रुपमा कार्यरत थिए।
हमाललाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरी विभागको महानिर्देशकमा नियुक्ति गरिएको हो।
विभागका पुर्व महानिर्देशक कुमार प्रसाद दाहाल सरुवा भएपछि केही समय महानिर्देशक विहिन थियो। उनले गत साउन २३ गते सरुवाको चिठी पाएका थिए।
यो सँगै भैतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले आफ्नो छोटो कार्यकालमा यो विभागमा ४ जाना महानिर्देशक बनाइसकेका छन्। यातायात सिन्डिकेट हटाउन सशक्त भुमिका खेलेका महानिर्देशक रुपनारायण भट्टराईलाई सरुवा गर्दा उनले धेरै आलोचना खेपेका थिए।
त्यसपछि छोटो समयको लागि विभागका प्रविधिक निर्देशक प्रेम नारायण सिंहले निमिक्त महानिर्देशकको भुमिका सम्हाले। त्यसपछि लावण्य प्रसाद ढकाललाई महानिर्देशक बनाइयो। ढकालपछि गत फागुनमा कुमार प्रसाद दाहाल महानिर्देशक भएका थिए।
उनी विभागमा हुँदा केही सुधारहरु गर्न पहल गरेका थिए। उनले काठमाडौमा रात्री बस चलाउने, मालवाहकालाई राती मात्र प्रवेस गर्न दिने लगाएतको निणर्य गरेका थिए। उनको निणर्य ५ घण्टा पनि बित्न नपाउँदै फिर्ता भएको थियो। त्यस्तै उनले काठमाडौं महानगरपालिका र नयाँ बसपार्क संचालन गरिरहेको ल्हेत्से बहुउदेश्यी प्राली बिच भएको सम्झौता विरुद्धमा विभागमा मिटिङ नै राखेका थिए। विभागमा भएको मिटिङको केही दिनमा उनको सरुवा भएको हो।
विभागमा नयाँ महानिर्देशकले यातायात कम्पनीहरुको सिन्डिकेट अन्त्यको कार्यन्वयन, स्मार्ट लाइसेन्स वितरण लगाएतका चुनौतीहरुको सामना गर्नु पर्नेछ।