बिहानदेखिको वर्षातका कारण देशको हवाई यातायात प्रभावित भएको छ। दिउँसोदेखि भिजिविलिटी कमजोर हुँदा उडान तालिका प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार किरिब एक घण्टा देशका प्रमुख विमानस्थल बन्द भएका थिए।
अहिले विमानस्थल सञ्चालनमा बइसकेको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रताप तिवारीले जानकारी दिए।
विमानस्थल सञ्चालनमा आएपनि उडान भने प्रभावित भएका छन्। दिउसोको प्रभावले प्राय सबै उडान अब ढिला हुने छन्। आन्तरिक तर्फका प्राय उडान रिसेड्युल गरिएको छ। यसले गर्दा कतिपय उडान रद्ध पनि भएका छन्।
आज दिनभर नै उडान प्रभावित हुने विमानस्थल कार्यालयले जानकारी दिएको छ।
केहीदिनदेखिको मौसमी प्रतिकूलताकै कारण लुक्लामा पर्यटकको घुँइचो लागेको छ। त्यहाँबाट यात्रु ल्याउन गएका हेलिकप्टर आजैमात्र विभिन्न ठाउँमा आकस्मिक अवतरण गरेका थिए।