अर्थमन्त्री युवराज खतिवडाले बैंकलाइ फोर्स मर्जरमा भन्दा स्वेच्छिक मर्जरमा जान आग्रह गरेका छन् ।
मंगलबार नेपाल बैंकर्स संघले आयोजना गरेको बैंकिङ समीटमा बोल्दै उनले फोर्स मर्जरको बाटो प्रितकर नहुने बताएका हुन्।
‘भारतमा पनि अर्थमन्त्रीले सरकारी बैंकलाई मर्ज गरे तर नेपालका बैंकमा निजी क्षेत्रको लगानीका बैंक धेरै रहेको छन् त्यसैले फोर्स मर्जरमा जना सकिदैन ’भारतको उदाहरण दिँदै उनले भने, ‘हामी बैंकलाई मर्ज गर्न फोर्स गर्दैनौ, बरु उनीहरुलाई मर्जरको लागि उत्साहित बनाउछौं जसले गर्दा उनीहरु बैंकको आफ्नै योजना अनुसार मर्ज हुन्छन् ।’
उता गभर्नर चिरन्जिवी नेपाल भने मर्जर गरेरै छोड्ने मनसायमा रहेको देखिन्छ । मौद्रिक नीति अघि सबै बैंकका संचालक तथा सिइओ बालाएर मर्जरको लागि अल्टिमेटम दिएका नेपालले मौद्रिक नीतिमा भने फोर्स मर्जर भन्दा स्वीच्छिक मर्जरलाईनै प्रथमिकता दिएको देखिएको थियो ।
तर, त्यसपछि सेलाएको मर्जरको बहस केही हप्ता अघि राष्ट्र बैंकले मर्जरमा जाने प्रतिवद्धता जनाएका बैंकको प्रगति विवरण मागिएको थियो । त्यसले फेरि मर्जरलाई फोर्स मर्ज गर्ने संकेत देखिएको हो ।
अर्थमन्त्रीको आजको अभिव्याक्तिले भने बैंकलाई फोर्स मर्ज गर्ने वा स्वीच्छिक मर्जरमा जाने भन्ने अन्योलता बनाएको छ ।