कोकाकोलाले आफ्नो ‘मन खोलौं कोकसँग’ दशैंतिहार अभियानलाई निरन्तरता दिदैं ग्राउण्ड एक्टिभेसन शुरु गरेको छ।
ग्राउण्ड एक्टिभेसनमा उपभोक्ताहरुले ५०० एमएलको कोक बोतलको लेभलमा पर्शनलाइज्ड म्यासेज प्रिन्ट गरेर आफ्नो आमालाई दिन सक्नेछन्।
आमा भनेको हरेक चाडपर्वको महत्वपूर्ण भएकाले यो वर्ष कोकाकोलाको दशैं अभियानको थिम पनि ‘माई मम मेक्स माई दशैं स्पेशल’ रहेको छ।
यो एक्टिभेसन १६ अक्टोबरबाट शुरु भएर ३ नोभेम्बरसम्म जारी रहनेछ।
एक्टिभेसन सेल्सबेरी, भाटभटेनी सुपरमार्केट, सेल्सवे र बिगमार्टको विभिन्न स्थानहरुमा जारी हुनेछ।
सीतापाइलास्थीत सेल्सबेरीमा अक्टुबर १६ तारिखमा उक्त एक्टिभेसन हुनेछ।
दोस्रो दिन अर्थात अक्टुबर १७ तारिखमा भने नक्साल भाटभटेनी, पाटन भाटभटेनी, भक्तपुर भाटभटेनी, कलंकी भाटभटेनी लगायतका स्थानमा क्रमश एक्टिभेसन जारी रहनेछ।