नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो आठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सोमबार काठमाडौंमा सम्पन्न सभामा कम्पनीको चुक्ता पूँजी २१.६ करोड रहेकोमा ३८% बोनस शेयर वितरण गरी २९.८ करोड पुर्याउने निर्णय गरिएको छ।
साथै बोनस शेयर ट्याक्स प्रयोजनका लागि २% नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ।
कम्पनीको अधिकृत पूँजी वृद्धि गरी ५० करोड पुर्याइने निर्णय गरेको छ। आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले खुद नाफा २३७,७३५,७८६ गरेको छ।
कम्पनीले पूँजी वृद्धि गरी भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु ल्याउने तथा जोखिम व्यवस्थापना सुढृढ बनाउने योजना बनाएको छ।