नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले उद्योगी रूपज्योतीको पक्राउको विरोधगर्दै र्यालीमा उत्रने भएको छ। संघले विज्ञप्ती जारीगर्दै बिहीबार विहान ११ बजे जुद्ध सालिक चोकबाट विरोधका कार्यक्रम गर्ने बताएको छ।
‘देशमा अर्बौको लगानी गरी करोडौंको कर राजश्व बुझाउने समुहको सदस्य र परिवारको व्यावसायिक कारोबारको सिलसिलामा भएको विवादको सहजैरूपमा समाधान गर्न सकिने अन्य बाटो हुँदा–हुँदै विदेश भ्रमणबाट फर्कदैँ गर्दा एरपोर्टबाट पक्राउ गरि अनुसन्धानका नाममा हिरासतमा राखिएकोले विरोधका कार्यक्रम आयोजना गर्न लागिएको’, विज्ञप्तीमा उल्लेख छ।
सरकारको यसप्रकारको व्यवहारले निजी क्षेत्रलाई स्तब्ध तुल्याएको संघले बताएको छ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श लगायतका अन्य निजी क्षेत्रले पनि रूपज्योती पक्राउ विरूद्ध विज्ञप्ती जारी गरेका छन्।