संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले एक वर्षभित्र निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउने घोषणा गरेका छन्।
मन्त्री भट्टराईले पोखरा क्षेत्रीय विमानस्थल पनि दुई वर्षभित्र संचालनमा आउने गरी काम भईरहेको बताए।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाएर आर्थिक विकासलाई तीव्रता दिन सरकारले विमानस्थलहरुको निर्माण र स्तरोन्नतीको कामलाई जोड दिएको छ।’
मन्त्री भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारको कामलाई समेत तीव्रता दिइएको जानकारी दिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबारे नकारात्मक टिप्पणी आएकाले त्यसको सुधारमा केन्द्रित हुनुपरेको मन्त्री भट्टराईले बताए।