सफ्ट्वेरिका कलेज अफ आइ टि एन्ड इ कमर्सले बेलायतको ‘डिजी प्रोग्राम’ नेपालमा भित्र्याएको छ।
बेलायत सरकार मातहत दर्ता भइ विद्यालय र उच्च शिक्षासम्बन्धी पाठ्यक्रम निर्माण गर्ने एनसिसी एजुकेसनले तयार गरेको डिजी प्रोग्रामलाई नेपालमा ‘डिजी स्कुल’ नाम दिइएको छ।
‘डिजी स्कुल’ को औपचारिक उद्घाटन एनसिसी एजुकेसन बेलायतका चिफ अपरेटिङ अफिसर एलन नोर्टनले आइतबार आयोजित एक कार्यक्रममा ‘डिजी स्कुल’को उद्घाटन गरेका हुन्।
कक्षा १ देखि ११ सम्मका विद्यार्थीका लागि तयार गरिएको कम्प्युटर शिक्षाको पाठ्यक्रम ‘डिजी स्कुल’ सुरू भएपछि नेपाली स्कुले विद्यार्थीले पनि अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर शिक्षा पाउने भएका छ्न्।
यो कोर्ष पढ्ने विद्यार्थीले एनसिसी एजुकेसन बेलायतबाटै प्रमाणपत्र पाउने नोर्टनले जानकारी दिए।
डिजी स्कुल सञ्चालन गर्न चाहने कुनै पनि स्कुलले सफ्ट्वेरिका कलेजसँग सम्पर्क गरी अध्यापन सुरू गर्न सक्छन्।
एसइई सकेर कम्प्युटर सिक्न चाहने विद्यार्थीहरूले डिजी स्कुलमा जाभा, पाइथन, सिउडोकोड, स्क्रयाच, डाटा साइन्स, साइबर सेक्युरिटी, फोटो भिडियो सम्पादन, कम्प्युटर हार्ड्वयर/मर्मत लगायत विषय सिक्ने पाउनेछन्।
यो अध्यापन अनलाइन र अफलाइन दुवै प्रणालीबाट गर्न सकिने छ।
कम्प्युटर सिस्टममा हरेक विद्यार्थीको आआफ्नै लग इन हुने भएकाले उनीहरूको प्रगति विवरण शिक्षकले चाहेको बेला सजिलै हेर्न सक्छन्।