कर्मचारीहरु निजी स्वार्थमा लागेकाले सरकारले संचालन गरेका उद्योगहरु फष्टाउन नसकेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताए।
उनले सरकारी उद्योगहरु धरासायी हुनुमा कर्मचारीहरु आफैं जिम्मेवार हुनुपर्ने दाबी गरे।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भट्टले धरासायी अवस्थामा रहेका सरकारी उद्योगहरुलाई नाफामुखि बनाउन आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरे।
व्यापार घाटालाई कम गर्न सरकारले संचालनमा ल्याएका उद्योगहरुलाई उत्पादनमुखि बनाउन ढिलाई गर्न नहुने मन्त्री भट्टको भनाइ छ।
उनले उद्योग संचालनमा लागि आवश्यक आन्तरिक तथा बाह्य लगानी बढदै गएको बताए।