पाकिस्तानमा ९ वर्षयताकै उच्च मूल्यवृद्धि भएको छ।
अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएअनुसार पाकिस्तानको खाद्यन्न क्षेत्रमा १२.७ प्रतिशत मूल्यवृद्धि भएको छ।
पाकिस्तानी तथ्याङ्क विभागले आर्थिक वर्ष २००७/०८ को आधार वर्ष परिवर्तन गर्दै अर्थिक वर्ष २०१५/१६लाई आधार वर्षको बनाएर मुद्रास्फितिको अध्ययन गरेको पाकिस्तानी संचार माध्यामले जनाएको छ।
त्यहाँको खाद्य मुद्रास्फिति नोभेम्बर महिनामा मात्रै १६.६ प्रतिशतले बढेको छ।
ग्रामिण क्षेत्रमा भने खाद्यन्न मूल्यवृद्धि अझै बढी रहेको जनाइएको छ।
यस्तै गैर खाद्य पदार्थको मुद्रास्फिति शहरी क्षेत्रमा ९.२ र ग्रामिण क्षेत्रमा ९ प्रतिशत रहेको छ।
यो वर्ष पाकिस्तानको मुद्रास्फिति ११ देखि १३ प्रतिशतको बीचमा रहने प्रक्षेपण गरिएको छ।
पाकिस्तानी सरकारी निकायले भने भारतसँगको व्यापारमा भएको कमिले गर्दा महंगी बढेको बताएका छन्।
पाकिस्तानका अर्थमन्त्रीले अर्को महिनासम्ममा महंगि घट्ने दाबी गरेका छन्। तर, उनले कसरि महंगि कम हुनेबारेमा प्रष्ट पारेका छैनन्।