काठमाडौंको चाबहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा मनोरोगको आकस्मिक अवस्थाबारे विशेष कार्यशाला सम्पन्न भएको छ।
काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा कार्यरत जनरल प्राक्टिसनरहरूलाई लक्षित गरी सञ्चालन गरिएको सो कार्यशालामा ॐ अस्पतालका सिनियर कन्सल्ट्यान्ट साइकाइट्रिस प्रा.डा. पुष्प प्रसाद शर्माले सञ्चालन गरेका थिए भने उनलाई मोडरेटरको रूपमा कन्सल्ट्यान्ट साइकाइट्रिस डा. रमन कोइरालाले सघाएका थिए।
कार्यशालाको मूल उद्देश्य विभिन्न अस्पतालको आकस्मिक विभागमा कार्यरत चिकित्सकहरूले मनोरोगको आकस्मिक अवस्थामा दिनुपर्ने उपचारका विधिहरूको बारेमा विस्तृत रूपमा छलफल गरिएको थियो।
साथै, यस कार्यशालाले आफूहरूलाई विभिन्न किसिमका सन्देश प्राप्त भएको र सो सन्देशहरूलाई आजैका दिनदेखि कार्यान्वयनमा ल्याउने समेत बताएका छन्।
कार्यशालामा काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा कार्यरत दुई दर्जनभन्दा बढी जनरल प्राक्टिसनरहरू सहभागी भएका थिए।