श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ।
सयुक्त राष्ट्रसंघको महासभाले सन् २००० डिसेम्बरमा प्रस्ताव पारित गर्दै डिसेम्बर १८ लाई अन्तर्राष्टिय आप्रवासन दिवस मनाउन सुरु गरिएको थियो।
नेपालमा पनि वैदेशिक रोजगारीसँग सम्बन्धितहरूका लागि सचेतना अभिवृद्धि गर्ने उदेश्यले आप्रवासी कामदार दिवस मनाउने निर्णय गरेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले दिवसका लागि सचिवको नेतृत्वमा मूल समारोह समिति पनि बनाएको छ। यस वर्षको आप्रवासन दिवसको नारा ‘सीप र रोजगारीः आर्थिक सुमृद्धीको आधार’ तय गरिएको छ ।
आप्रवासी दिवसको अवसरमा बिहीबारदेखि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। यस अवसरमा माइती नेपाल, नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघ, जिफन्ट लगायत विभिन्न १७ सरकारी गैरसरकारी संघसंस्थाले छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरिएको छ।