अन्तर्राष्ट्रिय प्रविधि समूह, एण्ड्रिजले बिहीबार काठमांडौमा आफ्नो चौथौं सेवाग्राही दिवस मनाएको छ।
एण्ड्रिजले नेपालका ३० भन्दा बढि सम्पन्न तथा निर्माणाधिन आयोजना गरी लगभग १२०० मेगावाट क्षमताका आयोजनाहरुमा आफ्नो संलग्नता कायम गरको छ।
यस वर्षमात्रै लगभग ६७ मेगावाटका ४ आयोजनाहरुलाई सफलताका साथ राष्ट्रिय विद्युतिय प्रसारण लाईनमा जोड्न सफलभएको छ।
हाल राष्ट्रिय गौरवका आयोजनाहरु, माथिल्लो तामाकोशी (४५६ मेगावाट) र मध्य भोटेकोशी जलविद्युतआयोजना (१०२मेगावाट) साथै निजी क्षेत्रबाट संचालित अन्य धेरै आयोजनाहरुमा संलग्न रहेको छ।
एण्ड्रिजले कुलेखानी, मध्य मस्र्याङ्दी तथा चिलिमे जलविद्युतआयोजनाहरुको एक दशक अघि निर्माण गरेको छ।
कार्यक्रमको उद्घाटन नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ग, अस्ट्रियन दूतावास भारत र नेपालका मिसन उपप्रमख माथियास रेडोजोटिक्स, यातायात र प्रविधिका लागि अटासी माइकल लेडरर, एण्ड्रिजको दक्षिण एसिया, दक्षिण पूर्व एसिया तथा ओसिनियाका क्षेत्रीय कार्यकारी जोशेफ उल्मरले गरे।