एप्पल, अमेजन र माइक्रोसफ्टलाई पछ्याउँदै अल्फाबेट ट्रिलियन डलर पूँजी भएको कम्पनी बनेको छ।
बिहीबार शेयर बजार बन्द हुनुअघि गुगलको प्यारेन्ट (मातृसंस्था) कम्पनी अल्फाबेट एक ट्रिलियन (१० खर्ब) डलर पूँजी पुर्याउँदै अमेरिकाको ट्रिलियन डलर क्लबमा छिर्ने चौथो कम्पनी बनेको छ।
विश्वका धनी कम्पनीको लिस्टमा सबैभन्दा अघि आउँछ, एप्पल।
सन् २०१८ मा एप्पले आफ्नो कम्पनीको मार्केट क्याप १ ट्रिलियन अमेरिकी डलर बनाउँदै अमेरीकाको पहिलो ट्रिलियन डलर कम्पनी बनेको थियो।
त्यसपछि अमेरिकन कम्पनीहरुमा ट्रिलियन डलरको पूँजीको कम्पनी बन्ने होड सुरु भयो।
एप्पल त्यसलाई पछ्याउँदै सन् २०१८ मा माइक्रोसफ्ट पनि ट्रिलियन डलरको क्लबमा पुग्यो। अमेजन पनि सन् २०१९ देखि सोही क्लबमा समावेश भयो।
तर, अहिले एप्पल र माइक्रोसफ्ट मात्रै ट्रिलियन डलर कम्पनी छन्। अहिले अमेजनको मार्केट क्याप घटेर ९३१ बिलियन अमेरिकी डलर पुगेको छ। एप्पल १.३८ ट्रिलियन र माइक्रोसफ्टको १.२७ ट्रिलियन मार्केट क्याप रहेको छ।
एप्पले आफ्नो उत्पादनले राम्रो मूल्य पाएकै कारण ट्रिलियन कम्पनी बन्न संभव भएको बताइन्छ। यस्तै, वेब सेवा र प्रविधिक उपकरण सँगै घरायासी बस्तु आफ्नो इ कमर्स पोर्टलमा बिक्री गर्दै अमेजन दोस्रो कम्पनी बन्यो।
अमेजनका सिइओ जेफ बेजोस अहिले विश्वको सबैभन्दा धनी व्याक्ति रहेका छन्।
यस्तै, सन् २०१९ मा टेक कम्पनी माइक्रोसफ्ट पनि यी दुई कम्पनीसँगै ट्रिलियन डलरको क्लबमा छिरेपनि अहिले भने उसको बजार खस्केको छ।
अल्फाबेटको अहिले बजार मूल्य एक हजार ४ सय ५१.७० अमेरिकी डलर छ। यसको मुख्य व्यवसाय खर्च, विज्ञापन, युटुव र एन्ड्रोइड हो।
यसपछि फेसबुक पनि ट्रिलियन डलरको कम्पनी बन्ने लाइनमा छ। अहिले फेसबुकको मार्केट क्याप ६ सय ३२ अमेरीकी डलर छ।