सनफ्लो सनफ्लावर तेल ‘सनफ्लोमा पकाऔं मीठो परिकार, साथमा पाऔं हिराको हार उपहार’ योजनाअन्तर्गत चौथो लक्की ड्र मा पाल्पाका खिम बहादुर बिकले हिराको नेकलेस जितेका छन्।
आइतबार कार्यक्रमअन्तर्गत हिराको हार र हिराका अन्य उपहार विजेताहरुको नाम घोषणा गरिएको थियो।
त्यसैगरी पेप्सीकोला निवासी सौरभ श्रेष्ठ र विराटनगर निवासी न्रमता राईले हिराको लकेट जितेका छन्।
बसुन्धारा निवासी जुनु श्रेष्ठ र पाल्पा निवासी केश माया पुनले हिराको टप जितेका छन्।
केएल दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इन्डष्ट्रिजले आफ्नो उत्पादन सनफ्लो सनफ्लावर तेलमा आकर्षक हिराको हार र हिराको सेट जित्ने उत्साहजनक अफर सञ्चालनमा ल्याएको छ।
यो योजना २३ अक्टुबर २०१९ देखि शुरु भई सीमित अवधिका लागि मात्र लागु रहने कम्पनीले जनाएको छ।
यो योजनामा सहभागी हुन उपभोक्ताहरुले आधा लिटर वा १ लिटरको सनफ्लो सनफ्लावर तेलको प्याकेट खरिद गर्नुपर्नेछ र प्याकेटमा भएको १० अंकको नम्बर टाइप गरी ३१००८ मा एसएमएस पठाउनु पर्नेछ।