रेल संचालनको लागि आवश्यक कर्मचारी भर्ना गर्न नसक्दा भारतको जयनगरदेखि नेपालको कुर्थासम्म चल्ने रेल भारतमै रोकिएको छ।
यसअघिको सम्झैताअनुसार माघको दोस्रो साता भित्रै रेल नेपाल आउने बताइएको थियो। रेलको निर्माण कार्य सकिदा पनि रेल संचालनको लागि कर्मचारी नहुदाँ रेल उतै रोकिएको हो।
‘रेल ल्याएपनि कर्मचारी नहुदाँ रेल चलाउँन सकिदैन। यत्तिकै थन्क्याउनुपर्छ। यससँगै रेल कहाँ राख्ने भन्ने अन्याैलता भएकाले नेपालमा ल्याएका छैनौ,’ रेल विभाका प्रमुख बलराम मिश्रले भने।
भारतीय सरकारी रेल निर्माण कम्पनी कोनकल रेल्वेज कर्पोरेसनले भारतको चेन्नाईमा नेपाली रेल निर्माण पुरा गरेको हो।
त्यसो त मन्त्री परिषद्को निर्णय सुनाउँदै माघ ९ गते सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले रेल संचालनका लागि विदेशी कर्मचारी ल्याउन स्वीकृति दिएको बताएका थिए।
मिश्र भने सरकारले सैद्धान्तिक स्वीकृति दिएपनि कर्मचारी भर्ना प्रकृया प्रस्ट नहुँदा कर्मचारी ल्याउन नसकिएको बताए।
विभागले यसअघिनै रेल संचालनको लागि नेपालमा अनुभवी कर्मचारी नभएकाले भारतबाट ल्याउनुपर्ने भन्दै सरकारलाई स्वीकृतिको दिन भनेको थियो।
विभागले २सय कर्मचारी आवश्यक भएपनि पहिलो चरणमा अत्यावश्यक कर्मचारी ल्याउने र बाँकी नेपाली नै राख्ने तयारी गरेको जनाएको छ। विभागकाअनुसार ३० जना भारतीय ल्याउनैपर्ने जनाएको छ।
नेपालले भारतसँग ८५ करोडमा दुई रेल किन्ने सम्झौता गरेको थियो।
सम्झौताअनुसार गत डिसेम्बरमै नेपालमा रेल आउनुपर्ने थियो। तर वर्षका कारण रेलको लिग बगाएपछि रेल संचालनपछि धकेलिएको थियो।
दोस्रो सम्झौताअनुसार जनवरीसम्ममा नेपालमा पहिलो रेल ल्याउने भनिएको थियो। यो पटक भने कर्मचारी नियुक्तीको प्रकृया नहुँदा नेपाली रेल कहिले संचालन हुन्छ अझै अन्यौलता रहेको छ।