नेपाल व्यवस्थापन संघ (म्यान)को अध्यक्षमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ निवार्चित भएका छन्।
सोमबार भएको अधिवेशनले उनलाई सर्वसम्मति निर्वाचित गरेको हो। त्यस्तै प्रथम उपाध्यक्षमा राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र निवार्चित भएका छन्।
द्वितीय उपाध्यक्षमा भने सुमन पोखरेल, महासचिवमा धर्मानन्द अवस्थी, कोषाध्यक्षमा अनु श्रेष्ठ जोशी निवार्चित भएका छन्।