चालू आर्थिक वर्षको पहिलो छ महिनाको मूल्यवृद्धि ६.२ प्रतिशत कायम भएको छ।
चालू वर्षको बजेटको अर्ध वार्षिक समीक्षा गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले अघिल्लो वर्षको तुलनामा मूल्यवृद्धि केही बढेको जानकारी दिए। अघिल्लो वर्षको यही अवधिमा ४.१ प्रतिशतको मूल्यवृद्धि थियो।
अर्थमन्त्रालयमा आयोजित कार्यक्रमा खतिवडाले केही खाद्यन्नमा बढेको मूल्यका कारण समग्र सूचकमा प्रभाव परेको बताए।
छ महिनामा सार्वजनिक खर्च तथा आम्दानी दुबै घटेको छ। मन्त्री खतिवडाकाअनुसार पुस मसान्तसम्म कूल विनियोजित बजेटको ३२ प्रतिशतमात्र खर्च भएको छ। सरकारले यो वर्षका लागि १५ खर्ब ३२ अर्ब बजेट विनियोजिन गरेको थियो।
यसमध्ये सरकारले पूँजीगत खर्च १५ प्रतिशतमात्र गरेको छ।