अर्थमन्त्रालयले चालू वर्षका लागि ल्याएको बजेट संशोधन गरेको छ।
चालू वर्षको बजेटको अर्ध वार्षिक समीक्षा गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले यो वर्षको संसोधित अनुमान सार्वजनिक गरेका छन्।
यो वर्ष १५ खर्ब ३२ अर्ब खर्च गर्ने गरी ल्याइएको बजेटबाट अब १३ खर्ब ८५ अर्बमात्र खर्च हुने खतिवडाले संसोधित अनुमान गरेका छन्। सरकारले १ खर्ब ४७ अर्बले बजेट घटाएको हो।
लक्ष्यअनुसार खर्च गर्न नसकेपछि वर्तमान सरकारले आफै ल्याएको बजेट संशोधन गर्दै आएको छ।
खर्चको अनुमान घटाएको सरकारले आम्दानीको अनुमान पनि घटाएको छ। सुरुमा ११ खर्ब १२ अर्बको लक्ष्य लिएको सरकारले ९५ प्रतिशतमात्र उठ्ने अनुमान गरेको छ।
बजेट १५ खर्बमाथि, पैसा कहाँबाट ल्याउने?