यातायात व्यवस्था विभागले फागुन महिना भित्रै इम्बोस्ड नम्बर प्लेट जडान गर्ने तयारी थालेको छ।
अदातलतको पूर्णपाठ आउने वित्तिकै छपाई र जडानको काम सुरु हुने विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए।
‘हामी कार्यान्वयनको तयारीमा छौं। अदालतको पूर्णपाठ आएपछि सूचना निकाल्छौं। फागुन भित्रै काम सुरु गर्ने तयारी छ।,’ उनले भने।
गत मंसिर २७ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको पाँच न्यायाधीशको संवैधानिक इजलासले उक्त रिट खारेज गर्ने निर्णय गरेको थियो।
सर्वोच्चको यो आदेशसँगै झन्डै २ वर्षदेखि रोकिएको इम्बोस्ड नम्बर प्लेटको काम अघि बढाउने बाटो खुलेको हो।
अदालतले अन्तरिम आदेश दिनु अघि करिब ४ हजार ६ सयवटा सवारी साधनमा मात्र नम्बर प्लेट जडान भएको थियो।
२०१६ मे मा नेपल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र बंगलादेशी कम्पनी डेकाटुर टाइगरबीच ५ वर्ष भित्र २५ लाख इम्बोस्ड नम्बर बनाइ नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौता भएको थियो।
सवारी साधन, सवारी धनीको विवरण, राजस्व तिरे नतिरेको समेत जानकारी लिन सकिने भनिएको यस नम्बर प्लेटको शूल्क विभागले मोटरसाइकललाई २ हजार ५ सय, तीन पांग्रे सवारीलाई २ हजार ९ सय, चारपांग्रे सवारीलाई ३ हजार २ सय र हेभी सवारीलाई नम्बर जडान गर्न ३६ सय रुपैँया निर्धारण गरेको थियो।