एसियाली विकास बैंकले सन् २०१९ मा हालसम्मकै उच्च खर्च भएको बताएको छ।
गएको वर्ष नेपालमा विकास आयोजनाहरुमा हालसम्मकै उच्च खर्च भएको बैंकले जानकारी गराएको छ। बैंकले नेपालमा ३२ करोड ३७ लाख अमेरिकी डलर गर्च गरेको थियो। यो हालसम्मकै उच्च भएको बैंकले जानकारी दिएको छ।
पुनर्निर्माण,सासेक पावर, खाद्य सुरक्षा, ग्रामिण यातायातजस्ता क्षेत्रमा खर्च उच्च भएको बैंकले जानकारी दिएको छ।