नेपालको अनलाइन शपिङ साइट दाराजले २०२० को पहिलो शपिंङ अभियान घोषणा गरेको छ। 'ह्याप्पी शपिङ' नाम सहितकाे उक्त अभियान फेब्रुअरी २५ देखि मार्च ०२ सम्म संचालन हुनेछ।
दराजको अन्तरक्रियात्मक गेम जोनले एप प्रयोगकर्तालाई विभिन्न खेल खेल्न र उपहार जित्न अवसर प्रदान गर्ने बताइएको छ। यसबाहेक वनरुपी गेम, मिशन गेम, र शेक शेक पनि रहेका छन्।
प्रयोगकर्ताहरूले शेकशेक गेममार्फत थप छुट प्राप्त गर्ने दराजको भनाइ छ। यसबाहेक कपडा, क्यामेरा, फोन, इलेक्ट्रोनिक्स, सौन्दर्य सामाग्री लगायतमा छुट पाइनेछ।
यो एप अभियानमार्फत दराजले मेगा डिलहरू प्रदान गर्नेछ, जस अन्तर्गत धेरै सामाग्रीमा ६० प्रतिशतसम्मको छुट हुनेछ। यसबाहेक प्रयोगकर्ताहरूले क्रेजी भाउचरहरूको प्रयोग गरी सामानहरूका मूल्यहरूमा छुट पाउने भएका छन्।
दराजले निःशूल्क वितरण, उपहारहरु, बन्डल अफरहरूलगायतका आकर्षणहरु प्रस्तुत गर्ने बताएको छ।
यी बाहेक ग्राहकहरूले दराजको बैंकिंङ साझेदारहरूको डेबिट र क्रेडिट कार्डहरू प्रयोग गरी पूर्व भुक्तानी गरेमा थप छुट पाउने छन्।
बैंकिंङ साझेदारमा नबिल बैंक, स्टेनडर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, र एनआईसी एशिया बैंक छन्। प्रत्येक बैंकले हप्ताभरी विशेष दिनमा छुट दिने दराजको भनाइ छ।