ती जो यो सहरमा कमिलका ताँती जस्तै छ्न्
तिनलाई अझै आहरा खोज भनिदिए हुन्छ
ती जो गुम्बा बनाउनेहरू छ्न्
तिनलाई गुम्बा बाहिर
चप्पल खोल्नु पर्दैन भनेर लेख्न लगाए हुन्छ
ती जो बुद्धका मूर्तिको व्यापार गर्नेहरू छ्न्
तिनलाई बुद्धको थर सोधे हुन्छ
ती जो बुद्धका पारखीहरू छ्न्
तिनलाई बुद्धका गुनगान गाउन छोड भने हुन्छ
ती जो बुद्धका बाटोमा निक्लेका छ्न्
तिनलाई आफैं रमाउन सिक भन्दै विद्यालयमा पढाए हुन्छ
ती जो बुद्ध पूर्णिमामा भाले काटिरहेछ्न्
तिनलाई समाजसेवी भनेर बोलाए हुन्छ
ती जो बुद्ध वाज बोर्न इन नेपाल भनिरहेछ्न्
तिनलाई पनि समाजसेवी भनेर बोलाए केही फरक पर्दैन
अब यो देशमा नयाँ बुद्ध जन्मदैनन् भनेर सोच्ने
म जस्ताहरू छ्न्
तिनलाई सिरक ओढेर पर्खालभित्रै बस भनिदिए हुन्छ ।।